शत्रुबाट कसरी जोगिनु पर्छ ? हेर्नुहोस् आजको नीति वचन

शत्रुबाट कसरी जोगिनु पर्छ ? हेर्नुहोस् आजको नीति वचन

द्वावुपायाविह प्रोक्तौ विमुक्तौ शत्रुदर्शने ।
हस्तयोश्चालनादेको, द्वितीय पादवेगजः । –पञ्चतन्त्र

शत्रुबाट मुक्ति मिल्ने दुई मात्र उपाय छन् : एक सामना गर्ने अर्थात् लड्ने र अर्को पलायन हुने । शत्रुसँग कसरी सामना गर्ने ? कसरी बँच्ने ? भन्ने बारेमा पञ्चतन्त्रमा विशेष उपाय बताइएको छ । सर्वप्रथम आफूले शत्रुलाई परास्त गर्न सकिन्छ सकिदैन विचार गर्नु पर्दछ । जित्न सकिन्छ भने लड्नु वा भिड्नु नै उपयुक्त हुन्छ । यसैगरी यदि शत्रु परास्त गर्न सकिदैन भने पलायन हुनु अर्थात भाग्नु नै उपयुक्त हुन्छ । अन्यथा शत्रुको फन्दामा पर्न सकिन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला –