

१७ माघ, काठमाडौं ।टि–ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाल युएईसँग २१ रनले पराजित भएको छ ।
घरेलु टोली युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १३२ रनमात्र बनाउन सक्यो।
नेपालका लागि सन्दीप जोराले अर्धसतक प्रहार गरे । उनले अविजित ५३ रन बनाए ।सन्दीप पछि क्रमशः सोमपाल कामीले २७ र पारस खड्काले २५ रन बनाए । युएईका लागि महम्मद नविन, सुल्तान अहमद र जहुर खानले दुई दुई विकेट लिए । कप्तान पारस खड्काले २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।सन्दीपले ४६ बलमा एक छक्का र तीन चौका प्रहार गरे।