कांग्रेसको विरोधका बिच राष्ट्रियसभा चिकित्सा शिक्षा विधेयक पारित

कांग्रेसको विरोधका बिच राष्ट्रियसभा चिकित्सा शिक्षा विधेयक पारित

१७ माघ, काठमाडौं ।राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पारित भएको छ।राष्ट्रिय सभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध जनाएको छ। 

सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध  गरिरहेको अवस्थामा राष्ट्रियसभाकाअध्यक्ष गणेश तिमिल्सिना र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक छलफलका लागि पेश गरेका हुन् ।यसैबीच डाक्टर गोविन्द केसीसँगको सहमतिमा भए अनुरुप राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा आएको शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन्

काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए।