

काठमाडौँ, १७ माघ।लिबियामा १२ जना नेपालीलाई बन्धक बनाएको खुलेको छ । उनीहरुलाई कुनै अपराधिक समूहले नभई दलालकै समूहले बन्धक बनाएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।
उनीहरुलाई इटाली लैजान्छु भनेर लगिएको थियो। नेपालीहरुलाई घर परिवारमा म्यासेन्जरमार्फत निरन्तर सम्वाद गर्न दिने गरेको पाइएको छ । लामो समय इटली पुग्ने आशमा मौन बसेका उनीहरुले हालै मात्र आफूहरुलाई बन्धक बनाएको परिवारलाई जानकारी गराएका थिए ।परिवारले प्रहरीलाई खबर गरेपछि सरकारले पनि उद्दारका लागि पहल थालेको छ । परराष्ट्र मन्त्रालयले इजिस्टका लागि नेपाली राजदूतमार्फत पहल गरिरहेको खबर छ ।
सन्तोष पराजुली र जसध्वज गुरुङको समूहले गत भदौमा १२ जनालाई दुई समूहमा इटली पठाएको थियो । भिजिट भिसामा दुबई पुगेका उनीहरुलाई पाकिस्तानी एजेन्टले लिबिया पुर्याएका हुन् ।प्रहरीका अनुसार यो समूहले यसअघि पनि १७र१८ जनालाई यसरी नै इटली पठाएको पाइएको छ ।