


एजेन्सी. प्राय हामी सुनेको अनि सुनाईएको कुराहरुमा विश्वास गर्छौ। यसमा हाम्रो कुनै गल्ति छैन कि हामी यसलाई सत्य मान्छौ। सन्नी लियोन को प्रेम कहानीमा पनि यस्तै छ। पोर्न स्टार हुदैँ बलिउड स्टार भएकी सन्नी लियोन पर्दामा जस्तो देखिन्छिन हामी लाई लाग्छ वास्तविक जीवनमा पनि उनि त्यस्तै छिन। तर एउटा उखान छ नि ‘जो जस्तो देखिन्छ त्यस्तो हुदैन र जस्तो हुन्छ त्यो देखिदैन। सन्नीको कहानी पनि यस्तै छ।,
एकदिन साथीहरु संग रेस्टुरेन्ट पुगेकी सन्नीको भेट डेनियलसंग भयो र त्यो दिनबाट उनको जीवनमा नै परिवर्तन आयो, डेनियन त्यहा एउटा भिडियोको लागि गएका थिए र त्यहि समयमा डेनियनको आँखा साथीहरु संग मस्ती गरिरहेकी सन्नीमा माथि पर्यो र एकै नजरमा माया बस्यो। जब कार्यक्रम सकियो डेनियनले उसको नाम सोधे र त्यहाँबाट गए, जब सन्नी त्यहाँ जान्थिन उनको लागि उनको नामको एउटा फुल हुन्त्यो। डेनियन सन्नीको मायामा पुरै परिसकेका थिए तर डेनियनले सन्नीलाई डेटमा बोलाए पनि सन्नीलाई डेनियन केहि खास लाग्दैन थियो ।एक दिन सन्नी डेनियलले बोलाएको ठाउँमा ढिलो गएकी थिईन जसले गर्दा डेनियन सन्नी संग रिसाएर उसलाई रिजेकट गरुन, तर सन्नीले जतिनै इग्नोर गरे पनि सन्नीको भाग्यमा डेनियन नै थिए र उनिहरु एक साथ भएरै छोडे ।
नयाँ सम्बन्ध संगै एउटा पुरानो सम्बन्ध टुट्यो, अचानक सन्नीको आमाको मृत्यु भयो र सन्नी डिपरेसनको शिकार भईन । अरु कोहि भएको भए सन्नीको अवस्था देखेर उसलाई छोड्ने थियो होला तर डेनियनले सन्नीलाईकहिल्यै एक्लै छाडेनन पछि सन्नीले डेनियनसंग बिहे गरिन र अहिले ९ बर्ष हुदाँ सम्म पनि सन्नी र डेनियनको माया अझै उस्तै छ।