प्रतिपक्षीकाे चर्को दबाबपछि नेताका नामका दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय

प्रतिपक्षीकाे चर्को दबाबपछि नेताका नामका दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय

काठमाडौँ, १५ माघ।नेपाली कांग्रेसको चर्को दबाबपछि सरकारले  कांग्रेसको माग सम्बोधन गर्दै थप दुई अस्पताल केन्द्र मातहत राख्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गिरिजाप्रसाद कोइराला स्वासप्रश्वास अस्पताल तनहुँ र बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई केन्द्र सरकार मातहत ल्याउने  निर्णय गरेको हो ।मन्त्रिपरिषदको निर्णयबारे संसदलाई माघ १७ गते जानकारी गराउने सरकारको तयारी छ ।

यसअघि ९ अस्पताललाई केन्द्र सरकार मातहतमा राखे पनि आफ्ना नेताको नामका दुई वटा अस्पतालबारे निर्णय नगरेर खारेजी प्रक्रियामा लगेको भन्दै कांग्रेसले लगातार संसद अवरोध गर्दै आएको थियो भने, उसका भ्रातृ संगठन सरकारविरुद्ध आन्दोलनमा उत्रिएका छन्।अन्ततः सरकार दुई अस्पताललाई केन्द्र मातहत ल्याउन बाध्य भएको हो।