संवैधानिक आयोगमा पदाधिकारीको सुनुवाई प्रक्रिया सर्यो

संवैधानिक आयोगमा पदाधिकारीको सुनुवाई प्रक्रिया सर्यो

काठमाडौं, १५ माघ । संवैधानिक आयोगहरुमा पदाधिकारीको सुनुवाई प्रक्रिया पछि सरेको छ ।

संवैधानिक परिषद्ले विभिन्न आयोगमा गरेको सिफारिसको प्रक्रियामा प्रश्न उठाउँदै नेपाली काँग्रेसले असन्तुष्टि जनाएपछि प्रस्तावित अध्यक्षहरूको सुनुवाइ प्रक्रिया पर धकेलिएको हो । प्रमुख प्रतिपक्ष दललाई ‘बाइपास’ गरेर सिफारिस गरेको भन्दै संसदीय सुनुवाइ समितिमा काँग्रेस सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

काँग्रेस सांसद्हरूको असन्तुष्टिपछि सभापति लक्ष्मणलाल कर्णले समिति बैठक स्थगित गर्नुभएको हो । अर्को बैठकको मिति तोकिएको छैन । आज समितिले अनौपचारीक छलफल गर्ने र अर्को सनुवाईको मिति तोक्ने सभािित कर्णले जानकारी दिनुभयो ।