तपाईंकै राशिफलः माघ १५ गते, मंगलबारको फलादेश

तपाईंकै राशिफलः माघ १५ गते, मंगलबारको फलादेश

२०७५ माघ १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी २९ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), कलशचक्र, माघ कृष्णपक्षको नवमी तिथि, बेलुका ०७:२५ बजेसम्म, त्यसपछि दशमी तिथि, विशाखा नक्षत्र, बेलुका ०७:५३ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, भोलिको चन्द्रमा तुला राशिमा, दिउँसो ०१:५० बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, गण्ड योग, दिउँसो ११:१७ बजेसम्म, त्यसपछि बृद्धि योग, सुरुमा तैतिल करण बिहान ०७:३७ बजेसम्म, त्यसपछि गर करण बेलुका ०७:२६ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५५ बजे र सूर्यास्त : साँझ ०५:४० बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:५९ देखि ०४:१९ सम्म, यमघण्ट : बिहान ०९:३६ देखि १०:५७ सम्म, गुलिक काल : दिउँसो १२:१७ देखि ०१:३८ सम्म आजको वारवेला :– रोग वारवेला : बिहान ०६:५५ देखि ०८:१६ सम्म, साँझ ०४:१९ देखि ०७:१९ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५५ सम्म, काल वारवेला : दिउँसो ०१:३८ देखि ०२:५९ सम्म र बेलुका ०७:१९ देखि ०८:५९ सम्म, लाभ वारवेला : दिउँसो १०:५७ देखि १२:१७ सम्म र बेलुका ०८:५९ देखि १०:३८ सम्म, उद्वेग वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३८ देखि १२:१७ सम्म, शुभ वारवेला : दिउँसो ०२:५९ देखि ०४:१९ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५७ सम्म, अमृत वारवेला : दिउँसो १२:१७ देखि ०१:३८ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म, चर वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१६ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

कार्यलाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

व्यापारमा उन्नति हुनेछ, आय बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कार्यमा केही कठिनाइ आए पनि मध्याह्न पछिको समय उन्नतिकारक रहने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

अध्ययनमारुचि जाग्नेछ, धन लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

भौतिक वस्तु लाभदायी रहनेछन्, मध्याह्नबाट स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आर्थिक अस्थिरता रहे पनि मध्याह्न पछिको समय लाभदायी रहने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

धार्मिक कार्यमा मन जानेछ, काम बनुका साथै सुखद् यात्राको योग देखिन्छन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

पारिवारिक सुख मिल्नेछ, द्रव्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

कार्य लाभ हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।