

काठमाडौं, १४ माघ । प्रतिनिधिसभाबाट पारित भएको चिकित्सा शिक्षा विधयेक आज राष्ट्रियसभा बैठकमा पेस हुँदैछ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभामा टेबुल गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बीच प्रतिनिधिसभाबाट बहुमतले विधेयक पारित भएको थियो ।