माओवादी मन्त्रीहरुले सरकारबाट राजिनामा दिने

माओवादी मन्त्रीहरुले सरकारबाट राजिनामा दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले सरकारबाट राजिनामा दिने भएका छन्। एमाले र माओवादीबीच चुनावी तालमेल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुलाई विना विभागिय बनाएका थिए ।

मन्त्री गिरिराजमणी पोखरेलले प्रधानमन्त्रीलाई भेटेर माओवादीले सरकार छाडेको पत्र बुझाउने तयारी भएको बुझिएको छ ।