विराटनगर, १३ माघ। सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित धान र पटुवा गोदाममा आज आगलागी हुँदा रु एक करोड ३८ लाख ८० हजार मूल्य बराबरको क्षति भएको छ ।
प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार सोही स्थान बस्ने त्रिलोचन यादवको एकतले पक्की भवनको गोदाममा राखेको अन्दाजी १२ लाख ५० हजार मूल्य बराबरको ४५० क्विन्टल धान, अन्दाजी रु एक करोड २५ लाख ७० हजार मूल्य बराबरको पाँच हजार मन सनपाट ९पटुवा० र अन्दाजी रु ६० हजार मूल्य बराबरको आंशिकरुपमा घर जलेको छ ।
आगलागी दुहबी, इटहरी र इनरुवा नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस