पशुपति क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला दहन

पशुपति क्याम्पसमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघले राजधानीलगायत देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको छ । केही ठाउँमा प्रहरीसँग झडप पनि भएको छ । प्रहरीले नेविसंघका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।

आईतबार बिहान पशुपति क्याम्पस अगाडि प्रदर्शन गर्दै नेविसंघले प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । अनसनरत डा. गोविन्द केसीसँग भएको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट जबर्जस्ती पारित गरेको विरोधमा नेविसंघले विरोधमा उत्रिएको हो ।

पशुपति क्याम्पस अगाडि प्रदर्शन गर्दै नेविसंघका कार्यकर्ताले सरकार र प्रधानमन्त्री ओलीको विरोध गरेका छन् । उनीहरुले बलातकारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारा पत्ता लगाउन पनि माग गरेका छन् ।

सरकारको विरोधमा कांग्रेसले पनि सडक र सदनबाट विरोध जनाउँने तय गरेको छ । डा‍‍. केसीले पनि अनसन जारी राखेका छन् । उनको अनसनको आज २०औं दिन हो ।