बाँध भत्किँदा मृत्यु हुनेको संख्या ५० पुग्यो

बाँध भत्किँदा मृत्यु हुनेको संख्या ५० पुग्यो

एजेन्सी । ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ५० पुगेको छ । घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बेपत्ता भएकाहरुको जिवितै उद्धारको सम्भावना कम भएको स्थानीय उद्धारकर्मीहरुले बताएका छन् । मिनास गेरियस राज्यको बेलो होरिजोन्टे शहरमा एक्कासी पहिरो गएपछि बाँध फुटेको र ठूलो क्षति भएको हो ।

उद्धारकर्मीहरुले ५० जनाको उद्धार गरिएको जनाएका छन् । मिनासका गभर्नर रोमेउ जेमाले उद्धार प्रयास भइरहे पनि घटनामा परेकाहरु जिवितै पाइने आशा झिनो बनेको बताउनुभयो ।