

काठमाडौं । नेपाल आइडल सिजन–१ बाट चर्चामा आएका गायक प्रताप दास र गायिका भावना आचार्यको स्वरमा तयार भएको गीत ‘मुलको पानीको भिडियो सार्वजनिक भएको छ।

दीपक शर्माको शब्द संगीत रहेको गीतमा अभिनेता पल शाहले अभिनय गरेका छन्। भिडियोमा पललाई निशा पुरीले साथ दिएकी छन्। देवेन्द्र पाण्डेको निर्देशनमा तयार भएको गीतको कोरियोग्राफी पनि स्वयम् पाण्डेले गरेका छन्।
भावना र प्रताप दासको स्वरमा रहेको गीतको भिडियो बिहीबार हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत दर्शकमाझ आएको हो ।

यसअघिको आफ्नो गीत बग्ने खोला बगी गो चर्चित भएकाले यो गीतलाई बग्ने खोला–२ का रूपमा प्रस्तुत गरिएको भावनाले बताएकी छिन् ।
भिडियाे हेर्नुहाेस्