चिसोबाट बच्न यी काम गर्नैहुन्न (हेर्नुहोस् के–के काम हुन्)

चिसोबाट बच्न यी काम गर्नैहुन्न (हेर्नुहोस् के–के काम हुन्)

काठमाडौँ- चिसोले याे वर्ष पनि धेरैको ज्यान गइसकेको छ । चिसो याममा तपाईंले ख्याल गर्ने पर्ने यी कुराहरुमा ध्यान दिनुहोस् । चिसोमा यी गल्ती पटक्कै गर्दै नगर्नुहोस् । यी काम गर्नुभएन भने तपाई चिसोबाट बच्न सक्नुहुन्छ ।

१) ह्वात्तै ग्यास्ट्रिक बढाउने भएकाले चिसोको नाम धेरै कफी, चिया पिउने।

२) चिसो भयो भन्दैमा कम पानी पिउने (पानी कम पिउँदा जलवियोजनको सामना गर्नुपर्छ)।

३) रक्सी पिउने (रक्सीले रक्तनली साँघुरव बनाउँछ र हृदयघात जस्ता समस्या देखिन सक्छ)।

४) काम गर्दा हात कठ्याङ्ग्रियो भने हतपत्त तातो—आगो, हिटर, ग्यासमा सेकाउने (चिसो हात तत्कालै तातोमा पुर्‍याउँदा संवेदनशील छालालाई कुरुप बनाउन सक्छ) दुई हातलाई केहीबेर घर्षण दिएर मात्रै तातोमा सेकाउनु पर्छ।

५) तातो खानु (चिसोको नाममा धेरै तातो खाँदा संवेदनशील जिब्रो र आन्द्रा सुन्निने र पोलिन सक्छ)।

६) सुख्खा, ज्यादै नुनिलो, पिरो र अमिलो खाने (झोलयुक्त सन्तुलित खानाले मात्रै जाडोमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ)।

७) बाक्लो तर एउटा मात्रै कपडा लाउने (पातला तर धेरै कपडा लगाउनु पर्छ)।

८) फोहोर र कागज बालेर ताप्ने ( फोहोर या कागजको धुँवामा हुने कार्वनडाइअक्साइडले फोक्सोमा क्षति पुर्‍याउँछ)।

९) मर्निङ वाक गर्ने (अति चिसो र धूलोमा छिटो हिँड्दा वा दौडिँदा रक्तचाप बढ्न गई हृदयाघातको जोखिम हुन्छ)।

१०) तातो वाफमा सिधै मुख वा शरीर राख्ने (तातो वाफमा सिधै छाला पर्दा त्यसमा क्षति पुग्छ)।

११) चस्मा नलगाउने (अति चिसोमा आँखामा कुनै किसिमका चस्मा लगाएर संरक्षण गर्नु पर्छ । कारण आँखाबाट पनि धेरै चिसो पस्छ र त्यसले असर गर्छ)।

१२) शरीर बाक्ला कपडाले ढाक्ने तर खुट्टा, हात र तालु खुल्लै राख्ने (खुट्टा, हात र तालु झन संवेदनशील भएकाले त्यहाँबाट छ्ट्टिै चिसो जान्छ)।

१३) आगो धेरै बेर ताप्ने (तातोले अक्सिजन कम हुँदा रक्तचाप कम भई मानिस बेहोस हुने, कमजोर हुने जस्ता समस्या देखिन सक्छ)।

१४ ) दीर्घरोग भएका सचेत नहुने (सामान्य मानिस भन्दा दीर्घरोग भएकाले चिसोमा जतिबेला पनि न्यानो भई बस्नुपर्छ)।

१५) तातो पानीले नुहाउने  (चिसोमा तातो पानीले नुहाउँदा छाला चाहुरिन्छ र तालुबाट चिसो पस्छ)।

१६) चुरोट पिउने (तातो हुन्छ भन्दै चुरोट पिउने बानीले उल्टै क्यान्सर जस्ता जटिल रोगहरु निम्ताउँछ)।

१७) कोठाभित्र गुम्सिने (चिसो भयो भन्दैमा झ्याल ढोका लगाएर उकुसमुकुस हुने गरी सुत्दा निस्सासिने जोखिम हुन्छ)।

१८) शारीरिक अभ्यास नगर्ने (चिसोमा शरीरलाई फुर्तिलो नबनाउँदा रगत प्रवाहमा बाधा पुग्न गई मुुटुको समस्या आउन सक्छ)।

१९) धेरै सुत्ने (धेरै सुत्नाले मानसिक रोग, आलस्यता, मोटोपन, मुटुरोग, मधुमेहको समस्या निम्त्याउँछ र आयु पनि कम हुँदै जान्छ।

२०) छाला सुख्खा राख्ने (चिसोमा तोरीको तेल, विभिन्न किसिमका क्रिम लगाएर बेलाबेलामा मालिस गर्नु पर्छ । जसले गर्दा छाला सुख्खा हुन्न र स्वस्थ रहन्छ)।