प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ

१२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका छन् । उनलाई विमानस्थलभित्रै कालोझण्ड देखाउने नेविसंघका विद्यार्थी नेताहरु पक्राउ परेका छन्।

विमानस्थलको आन्तरिक टर्मिनल नजिकै नेविसंघका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिएका थिए । नेविसंघले चिकित्सा शिक्षा विधेयकको विरोधमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।अनशनरत गोविन्द केसीको मागको अवमूल्य गरेको र प्रतिपक्षी कांग्रेसले गरेको आग्रह र विरोधलाई नजरअन्दाज गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन्

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने नेविसंघका नेताहरु शुसिल भट्ट, निरञ्जन थापा, सुवास घिमिरे र सुदिप अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।