आज अन्तर्राष्ट्रिय भन्सार दिवस

आज अन्तर्राष्ट्रिय भन्सार दिवस

काठमाडौं, १२ माघ । ६६ औँ अन्तर्राष्ट्रिय भन्सार आज दिवस विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईदैछ । हरेक वर्ष जनवरी २६ तारिखका दिन संसारभरि भन्सार दिवस मनाउने गरिन्छ ।

आजको दिनमा भन्सार दिवस मनाउन विश्व भन्सार सङ्गठनले तय गरेको हो । यस वर्ष संसारभरिका देश अनि सरकारले ६६ औँ भन्सार दिवस मनाउदै छन् । आज नेपालमा पनि विभिन्न जागरणका कार्यक्रम अनि गोष्ठी लगायत नागरिकलाई सचेत अनि जानकारी मूलक कार्यक्रम गरी भन्सार दिवस मनाईन्छ ।

भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानूनत ठूलो अपराध हो भने वस्तु तथा सेवाको कानूनत आपूर्ति गर्नका लागि भन्सार छलेमा सजायको भोग्नुपर्छ । हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरि त्यो उद्देश्य प्राप्ति भए नभएको र त्यसमा अन्य कठिनाई र अभ्यासहरुको विषयमा छलफल गर्ने गरेको छ ।