

२०७५ माघ १२ गते शनिबार तदनुसार ई. सं. २०१९ जनवरी २६ तारिख, आजको चाडपर्व र उत्सव : द्विपुष्कर योग राती १० बजेर २५ मिनेटपछि, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), माघ कृष्णपक्षको षष्ठी तिथि, बेलुका १०:२९ बजेसम्म, त्यसपछि सप्तमी तिथि, हस्ता नक्षत्र, बेलुका ०९:०४ बजेसम्म, त्यसपछि चित्रा नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), सुकर्मा योग, साँझ ०५:४३ बजेसम्म, त्यसपछि धृति योग, सुरुमा गर करण दिउँसो ११:१९ बजेसम्म, त्यसपछि वणिज करण बेलुका १०:२९ बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३६ देखि १०:५७ सम्म, यमघण्ट : दिउँसो ०१:३७ देखि ०२:५७ सम्म, गुलिक काल : बिहान ०६:५६ देखि ०८:१६ सम्म, आजको वारवेला :– काल वारवेला : बिहान ०६:५६ देखि ०८:१६ सम्म, साँझ ०४:१७ देखि ०७:१७ सम्म र मध्यरात्रीपछि ०५:१६ देखि ०६:५६ सम्म, लाभ वारवेला : दिउँसो ०१:३७ देखि ०२:५७ सम्म र बेलुका ०७:१७ देखि ०८:५७ सम्म, उद्वेग वारवेला : दिउँसो १०:५७ देखि १२:१७ सम्म र बेलुका ०८:५७ देखि १०:३७ सम्म, शुभ वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३७ देखि १२:१७ सम्म, अमृत वारवेला : दिउँसो ०२:५७ देखि ०४:१७ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५७ सम्म, चर वारवेला : दिउँसो १२:१७ देखि ०१:३७ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३६ सम्म, रोग वारवेला : बिहान ०९:३६ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१६ सम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । मित्र लाभ हुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । अध्ययनमा रुचि जाग्नेछ, व्यापार बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन् । पारिवारिक भेटघाटको समय छ । शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै मनमा चपलता रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आर्थिक उन्नतिका योग देखिन्छन्, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भेटघाटको अलमलले काम रोकिन सक्छ । त्यसैले संयम र धैर्य भई काम गर्ने दिन हो । कार्यलाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै आर्थिक अस्थिरता रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पराक्रम बढ्नेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा पनि कमै फाइदा हुनेछ । व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको काममा सफलता पाउनु हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी सुखको अनुभूति हुनेछ । मित्र सहयोग मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै बोलीमा विकार रहनसक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।