राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

काठमाडौं, ११ माघ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक हरी खड्काले भारतमा उडिसामा हुने अन्तराष्ट्रिय फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय महिला टिमको घोषणा गरेका छन् ।

प्रतियोगिता भार उडिसाको भुवनेश्वरमा फेब्रुअरी ७ देखी १७ सम्म हुदैछ । प्रतियोगितामा नेपाल सहित भारत, म्यान्मार र श्रीलंका समावेश छन् । छनोट भएको २३ खेलाडीबाट मुख्य प्रशिक्षक खड्काले साफका लागि अन्तिम २० सदस्यीय महिला टिमको छनोट गर्नेछन् ।

गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्वा , अन्जना राना मगर, उषा नाथ रहेका छन् भने डिफेन्डरमा हिरा कुमारी भुजेल, गिता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मन माया लिम्वु छनोट भएका छन् । यस्तै मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दिपा राई, मन्जली योञ्जन, सर्मिला थापा, सुरु लिम्बु, रेनुका नगरकोटी, तथा स्ट्राइकरमा अनु लामा , रेखा पौडेल , निरु थापा, सावित्रा भण्डारी, अनिता के सी छनोट भएका छन् ।