काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुलाई अनसनरत डा. गोविन्द केसीले ३ करोड नेपालीमाथिको धोका भएको प्रतिक्रिया दिनुभएको छ ।
अनसनस्थलबाट संक्षिप्त प्रतिक्रिया दिँदै डा. केसीले संसदले विधेयक पारित गरेपनि आफ्नो अडान नछाड्ने बताउनुभएको छ । डा केसी १६ चरणको १७ औं दिनमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसन बस्नुभएको छ ।