माघ ११ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी २५ तारिख, आजको मूहुर्त : शुभविवाह, अन्नप्राशन(पास्नी), रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), डेरा सर्ने, दैलो राख्ने, दीक्षाग्रहण, माघ कृष्णपक्षको पञ्चमी तिथि, मध्यरात्रीपछि १२:१६ बजेसम्म, त्यसपछि षष्ठी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बेलुका १०:१३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, आजको चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बेलुका ०८:२७ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा कौलव करण दिउँसो ०१:१७ बजेसम्म, त्यसपछि तैतिल करण मध्यरात्रीपछि १२:१६ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:३७ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५६ देखि १२:१७ सम्म, यमघण्ट : दिउँसो ०२:५७ देखि ०४:१७ सम्म, गुलिक काल : बिहान ०८:१६ देखि ०९:३६ सम्म, आजको वारवेला :–चर वारवेला : बिहान ०६:५६ देखि ०८:१६ सम्म, साँझ ०४:१६ देखि ०७:१७ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५६ सम्म, रोग वारवेला : दिउँसो ०१:३७ देखि ०२:५७ सम्म र बेलुका ०७:१७ देखि ०८:५७ सम्म, काल वारवेला : दिउँसो १०:५६ देखि १२:१७ सम्म र बेलुका ०८:५७ देखि १०:३७ सम्म, लाभ वारवेला : बिहान ०८:१६ देखि ०९:३६ सम्म र बेलुका १०:३७ देखि १२:१७ सम्म, उद्वेग वारवेला : दिउँसो ०२:५७ देखि ०४:१७ सम्म र मध्यरात्रीपछि १२:१७ देखि ०१:५६ सम्म, शुभ वारवेला : दिउँसो १२:१७ देखि ०१:३७ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, अमृत वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । व्यवसामा वृद्धि हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बौद्धिक क्षमता राम्रो रहने छ । तत्काल योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ । आर्थिक उन्नतिका योग देखिन्छन्, मनमा प्रशन्नता रहनुका साथै अध्ययनमा रुचि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ । आर्थिक अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै वाक् शक्तिमा कमी रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ । मित्र लाभ हुनेछ, काम बन्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक लाभ प्राप्त हुनेछ । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वादविवादमा समेत आफ्नो पकड देखिंदैन । महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ । मीष्ठान्न लाभ हुनेछ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य वा परोपकारका क्षेत्रमा लगानीको समय छ । शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र उन्नतिका साथै दिन सुखद् रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायिक र सामाजिक क्षेत्रमा खटेजति सफलता प्राप्त हुनेछ । बेलुकाको वास वा खानपीनमा फेरबदल हुनसक्छ । अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै यात्राको योग देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । आयमा वृद्धि हुनेछ, पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुरुमा साथीभाइको सहयोग मिल्ने देखिन्छ तर पछि आफू एक्लै खटेर काम पूरा गर्न सकिने छ । स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै मनमा चतपलता रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेम तथा प्रणयप्रसङ्गका लागि अनुकूल समय छ, दाम्पत्य जीवन असल हुनेछ । आर्थिक क्षेत्र सबल देखिन्छ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।