

बारा, १० माघ । बारामा जारि सिमरा गोल्डकप फुटबलको दोश्रो सेमिफाइनल अन्तर्गत आज साविकको उपविजेता थ्री स्टार र हिमालयन शेर्पा क्लव बीच प्रतिस्पर्धा हुँदैछ ।
अपरान्ह ३ बजेदेखि सिमरा रंगशालामा शुरु हुनेछ । थ्री स्टारले संकटा क्लवलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने हिमालयन शेर्पा विभागीय टोलि नेपाल पुलिस क्लवलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख नगद सहिद ट्रफि प्राप्त गर्नेछन ।