‘तारेखमा छुटेपछि केसी फेरि अनसनमा’

‘तारेखमा छुटेपछि केसी फेरि अनसनमा’

काठमाडौं । डा. गोविन्द केसीलाई साधारण तारेखमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ। आदेशमा प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र पनि झिकाउन भनिएको छ। डा. शशि शर्माको पक्षमा आएको अदालतले फैसलाको मिसिल झिकाउन पनि आदेशमा भनिएको छ। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले केसीको स्वास्थ्यको ख्याल गरी उनलाई अधिवक्ता सुरेन्द्र भण्डारीको रोहबरमा रिहा गर्न आदेश दिएको हो। अपहेलना मुद्दामा साधारण तारेखमा छुटे पछि  केसीले अनसनलाई निरन्तरता दिने बताएका छन् । प्रधानन्यायधीश गोपाल पराजुलीले राजिनामा नदिएसम्म आफुले अनसन जारी राख्ने समेत उनले बताए ।

डा केसीका प्रतिनिधि अभिषेकराज सिंहका अनुसार केसीले शिक्षण अस्पतालमै अनसनलाई निरन्तता दिएका छन् । उनले भने, ‘म पनि सँगे छु ।’ उनले प्रधानन्यायाधीशको राजीनामाको विषयमात्रै केसीको माग नभएको र सरकारले पूरा गर्नु पर्ने अन्य मागहरु पनि रहेकाले अनसन जारी रहने सुनाए ।

अदालतको आदेशपछि डा. केसीको प्रतिक्रिया के हो ? डा. केसीले बोलका कुरा सुनाउँदै उनले भने, ‘डा. केसीले अदालतको आदेश सम्मानजनक भन्नु भएको छ । तर, प्रधानन्यायाधीशको शैक्षिक प्रमाणपत्र झिकाएकाले उहाँमाथि छानविन हुँदा कार्यसम्पादनमा सरिक नभई छानविनमा सघाउन भन्नु भएको छ ।’ मुद्दाको अन्तिम किनारा नलागेसम्म विदामा बसेर सहयोग गर्न केसीले भनेको सिंहले सुनाए ।