सोनिया गान्धीकी छोरी प्रियंका सक्रिय राजनीतिमा,उत्तर प्रदेशको महासचिव नियुक्त

सोनिया गान्धीकी छोरी प्रियंका सक्रिय राजनीतिमा,उत्तर प्रदेशको महासचिव नियुक्त

काठमाडौं ९ माघ ।  भारतीय कांग्रेस पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीकी छोरी प्रियंका औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेकी छन् । 

उत्तरप्रदेशको पूर्व भाग हेर्ने गरी प्रियंकालाई महासचिव चुनिएको कंग्रेसले जनाएको छ। ४७ वर्षकी गान्धी भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीकी बहिनी हुन् । बहिनी  प्रियंकाले नियुक्तिबारे राहुलले भनेका छन् ‘म धेरै खुशी छु कि मेरी बहिनी प्रियंकाले मलाई उत्तर प्रदेशमा लोकसभा निर्वाचनमा सघाउनेछिन्,।

प्रियंकाले यसअघि सन् २०१४ मा दाजु राहुल र आमा सोनियाको निर्वाचन क्षेत्रमा चुनावी अभियान सम्हालेकी थिइन्।गान्धी परिवारका राहुल गान्धी र सोनिया गान्धीको चुनाव क्षेत्र पनि भारतीय कांग्रेसको पूर्वी उत्तर प्रदेश समिति अन्तर्गत नै पर्छ ।