नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै

नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल हुँदै

काठमाडौं, ९ माघ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल यही हप्ताबाट सुरु गर्ने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले विधेयकमा पीडित पक्ष र सम्बन्धित निकायको राय, सुझाव लिइएको उल्लेख गर्दै अब यही हप्ताबाटै दफाबार छलफलको काम सुरु गर्ने जानकारी दिनुभयो ।

नागरिकताजस्तो संवेदनशील विषय भएकाले सो विधेयकमा सरोकारवाला निकायसँग गहन छलफल गर्नु परेको पनि स्पष्ट पार्नुभयो । समितिले गैरनागरिकले नागरिकता नपाउने गरी सो विधेयक सुझावसहित पारित गर्ने पनि स्पष्ट पारेको छ ।