राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने छ ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको तालिका अनुसार सबै प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान हुने छ। मतदानको समय भने बिहान १० देखि ३ बजेसम्म तोकिएको छ।राष्ट्रियसभा सदस्य निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्न पाउनेछन् ।

कुन प्रदेशमा कति मतदाता ? 

मतदान सकिएकै दिन दिउँसो ४ बजेबाट मतगणना सुरु गरिने आयोगले जनाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख छन् ।