तपाईंकै राशिफलः माघ ९ गते, बुधबारको भाग्याफल

तपाईंकै राशिफलः माघ ९ गते, बुधबारको भाग्याफल

२०७५ माघ ०९ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी २३ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), माघ कृष्णपक्षको तृतीया तिथि, मध्यरात्रीपछि ०४:३१ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि ०१:०९ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, आजको चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त), सौभाग्य योग, मध्यरात्रीपछि ०२:२४ बजेसम्म, त्यसपछि शोभन योग, सुरुमा वणिज करण साँझ ०५:४२ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०४:३१ बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१६ देखि ०१:३६ सम्म, यमघण्ट : बिहान ०८:१७ देखि ०९:३६ सम्म, गुलिक काल : दिउँसो १०:५६ देखि १२:१६ सम्म, आजको वारवेला :– लाभ वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१५ देखि ०७:१५ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:३६ देखि ०२:५६ सम्म र बेलुका ०७:१५ देखि ०८:५६ सम्म, शुभ वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५६ देखि १०:३६ सम्म, अमृत वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३६ देखि १२:१६ सम्म, चर वारवेला : दिउँसो ०२:५६ देखि ०४:१५ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५६ सम्म, रोग वारवेला : दिउँसो १२:१६ देखि ०१:३६ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, काल वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ, सन्ततिका लागि केही धनराशि खर्च हुने सम्भावना छ । व्यापारमा वृद्धि हुनेछ, मित्र लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न । शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

 साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन्, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

दैनिक कारोबारबाट फाइदा नै हुनेछ । साझेदार वा सहयोगीको साथ पाइने छैन, त्यसैले व्यस्त रहेर दिन व्यतीत हुनेछ । कार्यमा उन्नति हुनेछ, धन लाभका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मीष्ठान्न प्राप्तिका योग देखिन्छन्, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा चपलता पनि रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

समाजसेवाबाट वा साथीभाइको विचारलाई अनुसरण गर्दा लाभ हुनेछ । ज्ञानविज्ञान र चिन्तनमननमा समय बित्नेछ । व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

कर्मसिद्धिको समय छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काममा समय दिने फुर्सत पाउनु हुन्न । भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ, तर बेफाइदा नै हुने छैन । करकुटुम्बको आगमन हुनसक्छ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यवसायमा वृद्धि हुनेछ, काम बन्नुका साथै आय आर्जनका अवसर पनि बढ्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । आर्थिक अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । भौतिक वस्तु लाभदायी रहनेछन्, श्रीवृद्धिका साथै पारिवारिक सुख मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

छटपटी र असन्तुष्टि बढ्ने छ । स्वास्थ्यमा हलुका असर पर्ने सम्भावना छ, खानपान र आहारविहारमा सतर्क हुनुपर्छ । आर्थिक लाभ हुनेछ, कार्यमा सफलताका साथै यात्राका योग पनि देखिन्छन् ।