नेपालगन्जमा चर्चित गायिका आचार्य र नायीका पुरीको धमकेदार प्रस्तुती

नेपालगन्जमा चर्चित गायिका आचार्य र नायीका पुरीको धमकेदार प्रस्तुती

बाँके । दर्शकको व्यापक सहभागीताले सफल हुँदै गएको नेपालगन्ज महोत्सव २०७५ को दशौ दिन युवाहरुको ढुकढुकी बहुचर्चित गायिका मेलिना राई , गायिका भावना आचार्य , नायीका निशा पुरी र गायक चक बम लगायत थुप्रै हाँस्यकलाकारहरुले दमदार प्रस्तुती दिए ।

दर्शकको आग्रहमा आयोजकले उनीहरुलाई नेपालगन्ज ल्याएको हो । गायिका मेलिना राईले चर्चित गीत कम्मर माथी, कसरी, तिम्ले बाटो फेरेउ अरे, पिरिम नलाउने, कुटुमा कुटु लगायतका थुप्रै चर्चित गीतहरु प्रस्तुत गरिन् ।

गायिका भावना आचार्य र नायिका निशा पुरीको धमाकेदार प्रस्तुति हेर्न दर्शकहरुको भिड लागेको थियो । उनीहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएको थियो ।करिब २५ हजार दर्शकले महोत्सवको अबलोकन गरेका थिए ।

आचार्य र पुरीलाई सुरुमै दर्शकहरुले ताली र हल्लाले स्वागत गरेका थिए । चर्चित गीतहरुमा धमाकेदार डान्स प्रस्तुत गरेर दर्शकहरुलाई झुमाएकी नायीका निशा पुरीले राष्ट्रवाणीसंग कुरा गर्दै भनिन् –’नेपालगञ्जको कार्यक्रम निकै उत्साहपूर्णरुपमा सम्पन्न भयो, यस प्रकारका कार्यक्रमहरुले साच्चै कलाकारहरुलाई थप सिर्जशिल बनाउन सहयोग गर्दछ, धन्यवाद आयोजक, धन्यवाद नेपालगञ्जवासी ।’

त्यसैगरी गायिका भावना आचार्यले यसो भनिन् –‘नेपालगञ्ज आफैमा कला संस्कृतिको खानी भएको ठाँउ त्यसमा पनि दर्शकको न्यायो माया अविष्मरणिय रह्यो ।’