विराटनगर, ८ माघ । नेपाल तरुण दलले सरकार बेलैमा सच्चिएर अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र नेपाल तरुण दल मोरङ जिल्लाको संयोजनमा प्रदेश १ को बिराटनगरको ट्राफिक चोकमा आयोजित विरोधसभामा उनीहरूले करको दायरा सरल बनाउनु पर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र सुशासनलाई बलियो बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले दुईतिहाइको यो बहुमतको सरकार नेपाली जनताको भावना र इच्छाअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दलका महासचिव भूपेन्द्रजन शाही र उपाध्यक्ष उत्तम चापागाईंले सरकारले शान्ति सुरक्षाको अवस्थालाई बलियो बनाई भ्रष्टाचार नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । उक्त दलका जिल्लासभापति सञ्जय थापा, गोपाल तामाङ, सिजन गुरुङ र विद्वान गुरुङलगायतले सरकार सुशासनको मार्गमा नहिँडको धारणा व्यक्त गर्नुभएको थियो । आजको कार्यक्रममा प्रदेश १ अन्तरगत १४ जिल्लाका तरुण दलको नेता कार्यकर्ताको उपस्थिति रहेको थियो Iतस्बिर सौजन्य : दिनेश विक्रम शाह