काठमाडौँ, ८ माघ । नेपाल कम्युनिस्ट पार्टी( नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइरल ज्वरोका कारण अस्वस्थ हुनु भएको छ ।
चिकित्सकको सल्लाहबमोजिम उहाँ निवासमा आराम गरिरहनुभएको छ । उहाँको सचिवालयका अनुसार चिकित्सकले केही दिन धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।
चिकित्सकले उहाँलाई केही दिन भेटघाट नगर्न तथा सार्वजनिक कार्यक्रममा सहभागी नहुन समेत आग्रह गरेको बताइएको छ ।
साथै खानेपानीमन्त्री बीना मगर अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनि सोमबार साँझदेखि ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएकी उनका स्वकीय सचिव विजयदेव भट्टराईले जानकारी दिए।
मन्त्री मगरको चिकित्सकको विशेष निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।