सिमरा गोल्डकप फुटबल : संकटा र थ्रीस्टार भिड्दै

सिमरा गोल्डकप फुटबल : संकटा र थ्रीस्टार भिड्दै

निजगढ, ८ माघ । बारामा जारी सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेशका लागि आज संकटा र थ्रीस्टार क्लव बीच प्रतिस्पर्धा हुँदैछ ।

खेल अपरान्ह ३ बजेदेखि सिमरा रंगशालामा हुनेछ । संकटा पहिलो चरणमा सरस्वति युथ क्लवलाई पराजित गर्दै क्वार्टर फाईनलमा प्रवेश गरेको हो भने साविक उपविजेता थ्रीस्टारले सिधै क्वार्टर फाईनल खेल्न लागेको हो ।