अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम युएई जादै

अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली क्रिकेट टिम युएई जादै

एजेन्सी, ८ माघ । युएईविरुद्ध एकदिवसीय र अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्न नेपाली टिम आज युएई प्रस्थान गर्दैछ ।

नेपाली टोली आज अपरान्ह ४ः३० बजे फ्लाई दुबई विमानबाट युएई प्रस्थान गर्ने कार्यक्रम छ । सिरिजका लागि पारस खड्काको कप्तानीमा १६ सदस्सीय नेपाली टोली त्यसतर्फ जान लागेको हो ।

आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि दोस्रो एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाली टोली युएई जान लागेको हो । नेपालले युएईसँग ३ वटा एक दिवसीय र ३ वटा टी–२० क्रिकेटको सिरिज खेल्नेछ ।

नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ ।  यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।

यसैबीचमा बंगलादेश प्रिमियर लिग (बीपीएल) र अष्ट्रेलियाको बिग ब्यास लिग खेलेर युवा बलर सन्दीप लामिछाने स्वदेश फिर्ता भइसकेका छन् ।

नेपाली टोली : 
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
सोमपाल कामी
सन्दीप जोरा
वैकल्पिक खेलाडी : 
सुशन भारी
ललित भण्डारी
बिक्रम सोब