

काठमाडौं, ८ माघ । सरकारले भिसा आइसकेका कामदारलाई मलेसिया जान व्यक्तिगततर्फको अन्तिम श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । मलेसिया जान रोक लगाउनुभन्दा अघि नै भिसा प्राप्त गरेका कामदारलाई श्रम स्वीकृति लिएर मलेसिया जान अनुमति दिन लागेको हो ।
पठाउने समझदारी यसअघि मलेसियाँसग भएको थियो । त्यसका लागि दूतावासमार्फत प्रक्रिया पूरा गर्नुपर्ने वैदेशिक रोजगार विभागका निर्देशक एवम सूचना अधिकारी भोलानाथ गुरागाईले बताउनुभयो ।
भिसा प्राप्त गरेका ९ हजारभन्दा धेरै नेपाली श्रमिक अन्तिम श्रम स्वीकृतिको प्रतिक्षामा छन् । सरकारले बिचौलियामार्फत कामदार ठगिएको भन्दै अध्ययन र कारबाहीपछि मलेसियमा जान रोक लगाएको थियो ।