काठमाडौँ, ८ माघ । १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तुरुन्तै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दैछ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलोट मिसिएको धातु हो ।’
बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्याउँदा साटिएको हुन सक्ने दुबै सम्भावना रहेको यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।