सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं, ७ माघ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघ २५ गतेबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’ मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । ‘बी’ डिभिजन लिगका १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् । तर, १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

एन्फाले निकालेको समूह विभाजन अनुसार समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी , श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब,बोइज युनियन क्लब रहेका छन् । समूह ‘बी’ टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । लिग चरणको खेलपछि दुई समूहको बिजेता र उपविजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । समूह ‘ए’ को विजेताले समूह ’बी’ उपविजेतासँग खेल्नेछ । समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ ।