

२०७५ माघ ०८ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जनवरी २२ तारिख, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), माघ कृष्णपक्षको प्रतिपदा तिथि, बिहान ०९:१४ बजेसम्म, त्यसपछि द्वितीया तिथि, अश्लेषा नक्षत्र, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि मघा नक्षत्र, आजको चन्द्रमा कर्कट राशिमा, मध्यरात्रीपछि ०२:४७ बजेसम्म, त्यसपछि सिंह राशिमा, प्रीति योग, बिहान ०८:४२ बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा कौलव करण बिहान ०९:१४ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०८:०३ बजेसम्म, अन्तिममा गर करण,काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३४ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०२:५५ देखि ०४:१५ सम्म, यमघण्ट : बिहान ०९:३६ देखि १०:५६ सम्म, गुलिक काल : दिउँसो १२:१६ देखि ०१:३५ सम्म, आजको वारवेला :– रोग वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१४ देखि ०७:१५ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म, काल वारवेला : दिउँसो ०१:३५ देखि ०२:५५ सम्म र बेलुका ०७:१५ देखि ०८:५५ सम्म, लाभ वारवेला : दिउँसो १०:५६ देखि १२:१६ सम्म र बेलुका ०८:५५ देखि १०:३५ सम्म, उद्वेग वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३५ देखि १२:१६ सम्म, शुभ वारवेला : दिउँसो ०२:५५ देखि ०४:१५ सम्म र मध्यरात्रीपछि १२:१६ देखि ०१:५६ सम्म, अमृत वारवेला : दिउँसो १२:१६ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, चर वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
चन्द्रमा आज कर्कट राशिमा छन् । आजबाट चान्द्र महिनाको माघकृष्णपक्ष आरम्भ भएको छ । कृष्णपक्षमा चन्द्रमाको उजयालो भाग क्रमशः घट्दै जाने गर्दछ । आज मंगलबार श्रीस्वस्थानी माताको उपासनाँगै गणेशजीको आराधना पनि शुभ रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिवारजनमा असमझदारी बढ्नेछ । मातृधनको उपयोग हुन सक्दैन । पशुधन र जमिनबाट पनि बेफाइदा हुनसक्छ । शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । त्यसैले धैर्य र संयम भई अघि बढ्नु श्रेयस्कर हुनेछ । कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै व्यवसामा वृद्धि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ । मनमा उत्साह छाउनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । पराक्रम बढ्नेछ, धन लाभका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।कार्यमा अवरोध रहनसक्नेछ, खर्च बढ्नुका साथै स्वास्थ्यमा पनि असहजता रहने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कार्यमा उन्नति हुनेछ, द्रव्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । धनको क्षेत्र सबल रहनेछ, व्यवसायमा वृद्धिका साथै कला साहित्यमा मन जाने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शीघ्र निर्णय गर्ने क्षमतामा कमी आउने छ, कताकता वैराग्यका भावना मँडारिन सक्छन् । व्यापारमा वृद्धि हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा लगाव रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला । मनमा द्विविधा उत्पन्न हुन सक्नेछ, गणेशजीको उपासनासँगै वाणीमा सजगता उचित रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ । कार्यमा उन्नति हुनेछ, आय बढ्नुका साथै अध्ययन अध्यापनमा मन जानेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ । आयमा वृद्धि हुनेछ, कार्य लाभा साथै मनमा प्रशन्नता रहने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।