काठमाडौं, ७ माघ । संघिय संसदको दुवै सदनको बैठक आज बस्दैछ । आजको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश हुने कार्यसूची रहेको छ ।
शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र छलफलपछि पारित गर्ने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ ।
कांग्रेसले डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन सहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ । १५ औं अनशनमा भएको सम्झौता हुबहु लागू गर्नुपर्ने केसीको मागमा कांग्रेसको पनि समर्थन छ । सत्तापक्ष नेकपाले भने ९५ प्रतिशत माग पुरा भएको दावी गरेको छ । संसदीय मर्यादाको ख्याल गरेर भएपनि पारित गर्ने सत्तापक्षको दावी छ ।