तपाईंको राशिफलः माघ ७ गते, सोमबारको भाग्याफल

तपाईंको राशिफलः माघ ७ गते, सोमबारको भाग्याफल

२०७५ माघ ०७ गते सोमबार तदनुसार ई. सं. २०१९ जनवरी २१ तारिख, आजको चाडपर्व र उत्सव : श्री स्वस्थानी व्रत प्रारम्भ, माघ स्नानको आरम्भ, भक्तपुरमा हनुमत्तीर्थ त्रिवेणी मेला, आर्य दिवस, चाँगुनारायणमा हैगुमिला पुह्नि, आजको मूहुर्त : घर छाउने/ढलान गर्ने, दैलो राख्ने, पौष शुक्लपक्षको  पूर्णिमा  तिथि, दिउँसो ११:३१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पुष्य (तिष्य) नक्षत्र, मध्यरात्रीपछि ०४:२६ बजेसम्म, त्यसपछि अश्लेषा नक्षत्र, आजको चन्द्रमा कर्कट राशिमा (अहोरात्र व्याप्त), विष्कुम्भ योग, दिउँसो ११:४७ बजेसम्म, त्यसपछि प्रीति योग, सुरुमा बब करण दिउँसो ११:३२ बजेसम्म, त्यसपछि बालब करण बेलुका १०:२२ बजेसम्म, अन्तिममा कौलव करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५७ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे ।

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०८:१७ देखि ०९:३६ सम्म, यमघण्ट : दिउँसो १०:५६ देखि १२:१५ सम्म ।
गुलिक काल : दिउँसो ०१:३५ देखि ०२:५४ सम्म, आजको वारवेला : अमृत वारवेला : बिहान ०६:५७ देखि ०८:१७ सम्म, साँझ ०४:१३ देखि ०७:१४ सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५७ सम्म, चर वारवेला : दिउँसो ०१:३५ देखि ०२:५४ सम्म र बेलुका ०७:१४ देखि ०८:५४ सम्म, रोग वारवेला : दिउँसो १०:५६ देखि १२:१५ सम्म र बेलुका ०८:५४ देखि १०:३५ सम्म, काल वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३५ देखि १२:१५ सम्म, लाभ वारवेला : दिउँसो ०२:५४ देखि ०४:१४ सम्म र मध्यरात्रीपछि १२:१५ देखि ०१:५६ सम्म, उद्वेग वारवेला : दिउँसो १२:१५ देखि ०१:३५ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३६ सम्म, शुभ वारवेला : बिहान ०९:३६ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म ।

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबारदेखि शुरु हुँदैछ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मकि विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । कार्यमा अवरोध रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै मित्रलाभ हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । मीष्ठान्न प्राप्तिको योग देखिन्छ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

ढिलै भए पनि काम सम्पन्न हुनेछ । दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै मनमा चपलता रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । सामाजिक कार्यमा रुचि जाग्नेछ, मित्र लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् ।आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन् । साँझपख शुभ कुराको सङ्केत मिल्नेछ ।अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मनोरञ्जनमा रुचि रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आर्थिक अस्थिरता रहनेछ, शत्रु पक्ष सबल रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

व्यापारमा राम्रै छ, कृषिक्षेत्रमा असन्तुष्टि देखिने छ । घरपरिवारका झिनामसिना काममा गरिएको मिहिनेत काम लाग्दैन । द्रव्यलाभ हुनेछ, काम बन्नुका साथै प्राज्ञिक क्षेत्रमा दिन व्यतित हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

पुरानो साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ ।भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै मित्र सहयोग मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । धनको क्षेत्र सबल देखिन्छ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।