रेडियो कान्तिपुरले लाईफटाईम अचिभमेन्ट अवार्डबाट बरिष्ठ गायक एवं संगीतकार माणिक रत्नलाई सम्मान गरेको छ । २० औं बाषिकोत्सव तथा नेशनल म्युजिक अवार्ड २०७५ को अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा रेडियोले ६ दशकदेखि सांगितक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका रत्नलाई सो अवार्डबाट सम्मान गरेको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एव प्रवन्ध निर्देशक कैलाश सिरोहियाले १ लाख रुपैयाँ नगद पुरस्कार र ताम्रपत्र सहित माणिक रत्नलाई सम्मान गर्नुभएको हो ।
पहिलो नेपाली रंगिन चलचित्र कुमारीमा पाश्र्व गायक माणिक रत्नले ३ दर्जन बढी गीतमा संगीत संगै स्वर भरेका छन् । उनका नआउ जुन कोठामा, मनमा माया, त्यो खोलाको सङलो पानी, सागर हो स्वास्नी मान्छे लगायत गीत निकै कर्णप्रीय छन् । बरिष्ठ गायक एवं संगितकार प्रेमध्वज प्रधान र माणिक रत्नको पहिलो सांगितिक जोडी प्रेममाणिक पनि चर्चित बनेको थियो । स्वास्थ्यले साथ नदिएपछि मणिकरत्न पछिल्लो ४० वर्षदेखि सांगितिक दुनियाँ र सार्वजनिक जीवनबाट भने टाढा छन् ।
बरिष्ठ गायक एवं संगितकार माणिक रत्नलाई लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानसंगै रेडियोले संगीतका विभिन्न विधाका १६ सर्जकलाई समेत सम्मान गरेको छ । रेडियो कान्तिपुरबाट सम्मानित हुनेहरुमा नव गायकमा तिमी साथ नभएपछि गीतबाट बुद्ध लामा सर्वोत्कृष्ट भएका छन् । बन फुलबाट रमेश बीजी उत्कृष्ट गीतकार चयन भएका छन् । उड्यो मन गीतबाट हरि लम्सालले उत्कृष्ट संगितकारको पुरस्कार प्राप्त गरे । बोल माया बोलबाट शान्तिश्री परियार वर्षको उत्कृष्ट गायिका घोषित भईन् । लोकगीतको पुरुष तर्फ भने दाईकी साली गीतबाट सन्तोष केसी उत्कृष्ट भए । चलचित्र पाश्र्व संगितबाट उड्यो मन गीतकी गायीका बानिका प्रधानले अवार्ड जितिन् । पुरुष पाश्र्व गायनतर्फको अवार्ड सुगम पोखरेलले पल पल गीतबाट प्राप्त गरे । राष्ट्रिय गीतको अवार्ड भने पुर्व तिम्रो गीतबाट निशान भट्टराई र शीतल मोक्तान उत्कृष्ट घोषित भए । यसैगरी पपगीततर्फ हास्न सिँकेबाट कमल खत्री, पपगीत महिलातर्फ माया लुकी लुकी गीतबाट टिका प्रसाई उत्कृष्ट घोषित भईन् । पीपुल च्वाईस अवार्ड भने हाम्रो नेपालमा गीतबाट नितेश कुमार जंग उत्कृष्ट घोषित भए । पिपुल च्वाईस अवार्डमा भने श्रोताको प्रत्यक्ष सहभागिता रहने गर्दछ । उत्कृष्ट व्याण्डको अवार्ड दिपक बज्राचार्यको रिदम व्याण्डले मन मगन गीतबाट जित्दा आधुनिक गीत तर्फको अवार्ड भने आंशुको अर्थबाट शिव परियारले हात पारे । यसैगरी महिला गायनतर्फ बन फुल गीतबाट दुर्गा परियार सर्वोत्कृष्ट घोषित भईन् । युगलगीत तर्फ भने यो वर्ष तिमी राजी म राजी गीतबाट राजेश केसी र सुजता उपाध्याय सर्वोत्कृष्ट घोषित भए । बरिष्ठ गीतबार दिनेश अधिकारी, वरिष्ठ संगितकार सुरेश अधिकारी र वरिष्ठ गायिका कुन्ती मोक्तान रहेको तीन सदस्यीय जुरीले यो वर्षको सर्वोत्कृष्ट सृजना र सर्जक चयन गरेको हो । २०७४ साउन १ गतेदेखि २०७५ असार मसान्त सम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतहरुबाट विभिन्न विधा अन्तर्गत उत्कृष्त ५ गीत छनोट भएका थिए । विभिन्न क्षेत्रका श्रष्टालाई प्रदान गरिएको म्युजिक अवार्ड श्रष्टा प्रति शिर निहुर्याएर गरिएको स्टेशन म्यानेजर दिनेश डिसीले बताउनुभयो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक कैलाश सिरोहियाले सांगितिक क्षेत्रका मुर्धन्य व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु कान्तिपुुर मिडिया गु्रपका लागि गौरव भएको बताउनुभयो । मुलुक संघीयतामा गईसकेपछि रेडियो कान्तिपुरलाई पनि संघीय ढाँचामा लैजाने तयारी भईरहेको प्रवन्ध निर्देशक सिरोहियाले बताउनुभयो ।यो खबर ekantipur बाट लिएका हौं ।