२०७५ माघ ०६ गते आइतबार तदनुसार ई. सं. २०१९ जनवरी २० तारिख, आजको चाडपर्व र उत्सव : पूर्णिमा व्रत, आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, पौष शुक्लपक्षको चतुर्दशी तिथि, दिउँसो ०१:३९ बजेसम्म, त्यसपछि पूर्णिमा तिथि,
आर्द्रा नक्षत्र, बिहान ०७:२९ बजेसम्म, त्यसपछि पुनर्वसु नक्षत्र, आजको चन्द्रमा मिथुन राशिमा, मध्यरात्रीपछि १२:२२ बजेसम्म, त्यसपछि कर्कट राशिमा, वैधृति योग, दिउँसो ०२:४५ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा वणिज करण दिउँसो ०१:३९ बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि १२:३४ बजेसम्म, अन्तिममा बब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । आम्दानीमा कमी आउने छैन । अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । यात्राको सम्भावना छ । साता अर्थकरी रहनेछ । सोचेका काम बन्नेछन् । कर्मक्षेत्र बलवान् छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै व्यापार व्यवसामा पनि वृद्धि हुनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी देखिन्छ । आमदानीका स्रोत बढ्नुका साथै सुखद् यात्राको अवसर पनि मिल्ने देखिन्छ । मंगल र बुधबार भने कार्यमा व्यवधानका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट र मित्रता हुनेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । आत्मविश्वास बढ्नेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नु पर्नेछ । नसोचेको ठाउँबाट धनागमको सङ्केत पनि छ । साता उन्नतिकारक रहने छ । सोमबारसम्म स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा पनि वृद्धि हुने छ । सो पश्चात्को समय उत्तम देखिन्छ । व्यापार व्यवसायबाट लाभ हुने छ । अध्ययन अध्यापनका क्षेत्रमा उल्लेख्य प्रगति हुने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै आर्थिक लाभ पनि हुने छ । बिहीबारबाट भने खर्च बढ्नुका साथै शत्रुभय रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले साथ दिनेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ मिल्ने योग छ । मिथुन राशिका लागि यो साता अर्थकरी रहनेछ । सोचेका काम बन्ने छन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै यात्राको योग पनि देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । आमदानीका स्रोत बढ्ने छन् । मित्र लाभ हुने छ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यको क्षेत्रमा भने सजगता अपनाउनु नै उचित हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको उत्तराद्र्ध विशेष फलदायी हुने देखिन्छ । सोमबारसम्म कार्यमा असहजताका साथै मिथ्यापवाद लाग्न सक्नेछ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । मंगलबारबाट भने समय सुखद् बन्दै जानेछ । कार्यमा सहजता रहनेछ । आयमा वृद्धि हुनुका साथै आमदानीका स्रोत पनि बढ्दै जाने छन् । अध्ययनमा सफलता मिल्नेछ । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ ।घरमा सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । साता मध्यम फलदायी रहनेछ । आर्थिक लाभका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने देखिन्छ । भूधनबाट विशेष लाभ देखिन्छ । व्यापार व्यवसाय मध्यम फलदायी रहने छ । मंगलबार र बुधबार कार्यमा बाधाका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ । विहीबारबाट कार्यमा सुधार हुदै जाने छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।साता फलदायी रहनेछ । अध्ययनमा रुचि जाग्ने छ । काम बन्नुका साथै आर्थिक लाभको योग पनि देखिन्छ । मित्र जनबाट भने सजग रहनु नै उचित हुनेछ । प्रेम जीवन सफल र सुखद् रहनेछ । आमदानीका स्रोत बढ्नेछन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुने देखिन्छ । बिहीबारबाट भने स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । परिवारभित्रै वा छरछिमेकमा सम्पन्न हुने धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । सार्वजनिक हीतका क्षेत्रमा सक्रियता बढ्ने छ । साता उन्नतिकारक रहनेछ । मित्र लाभका साथै आर्थिक उन्नयन हुनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आफन्त जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । विद्याको क्षेत्र सबल छ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । आय आर्जनका स्रोत बढनेछन् । मनमा प्रशन्नता रहनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला । साता मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अस्थिरताका साथै खचृमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट भने कार्यम सफलता मिल्ने देखिन्छ । सोचेका काम बन्ने छन् । शत्रु पराजित हुनेछन् । कर्म प्राप्तिको योग छ । विद्याको क्षेत्र लाभदायी रहनेछ । मित्र सहयोग मिल्नेछ । आय आर्जनका अवसर पनि प्राप्त हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानप्रतिष्ठा र उन्नति/प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके/ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । साता फलदयी रहनेछ । श्रीवृद्धिका साथै कार्यम उन्नति हुनेछ । अध्ययनमा रुचि जाग्नेछ । यात्राका अवसर मिल्नेछन् । भौतिक वस्तु लाभदायी रहनुका साथै आफन्तजनबाट पनि सरसहयोग मिल्नेछ । व्यवसायमा वृद्धि हुनेछ । मंगलबार बुधबार भने कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्तिकूलता रहन सक्नेछ । शत्रु पक्ष सबल रहनसक्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्यतया झैझगडा र वादविवादमा फँस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग पाइने समय नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । साता लाभदायी रहनेछ । धनको क्षेत्र बलवान छ । कार्यमा उन्नति हुनुका साथै मित्र लाभको योग देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट पनि सफलता हात पर्ने देखिन्छ । शत्रु निर्वल हुनेछन् । सामाजिक कार्यमा रुचि जाग्नेछ । बिहीबारबाट भने कार्यमा कठिनाइको समाना गर्नुपर्ने देखिन्छ । खानपानमा सजग रहनु उत्तम हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको चिन्तन र उपायले काम गर्नसक्छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । प्रेम र प्रणयतर्फ आकर्षण हुनसक्छ । प्रतियोगिता र प्रतिस्पर्धामा विजय मिल्नेछ । साता फलदायी रहनेछ । मित्रजनबाट विशेष लाभ हुने छ । अध्ययनमा रुचि जाग्नुका साथै उन्नति प्रगति हुने छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । श्रीवृद्धिका साथै यात्राको योग पनि देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिका लाभ हुने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् रहनेछ । आयमा वृद्धि हुने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ । साताको मिश्रित फलदायी रहनेछ । सोमबारसम्म कार्यमा व्यवसाधनका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्नेछ । मंगलबारबाट कार्यमा उन्नति हुँदै जानेछ । सोचेका काम बन्ने छन् । मित्र सुख प्राप्त हुनुका साथै अध्ययनमा पनि रुचि जाग्नेछ । भू–धनबाट विशेष लाभ हुनेछ । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्नेछ । व्यवसायबाट पनि उन्नति नै देखिन्छ ।