समातिए १९ वर्षपछि फरार प्रतिवादी

समातिए १९ वर्षपछि फरार प्रतिवादी

काठमाडौं, ५ माघ । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले १९ वर्षदेखि फरार रहेका बाराको करैयामाई गाउँपालिका वडा नं ४ बस्ने ७२ वर्षीय मियाँ अंसारीलाई पक्राउ गरेको छ ।

उनलाई ०५६ साल कात्तिक २० गते सर्वोच्च अदालतको फैसालाले ज्यान मार्ने मुद्दामा दोषी ठहर गरेको थियो । दोषि ठहर भएका उनलाई २१ वर्ष ६ महिना कैद भएको थियो । प्रहरीले उनलाई लुकेर बसेको अवस्थामा १९ वर्षपछि पक्राउ गरेको हो । पक्राउ परेका अंसारीलाई कैद भुक्तानको लागि कारागार कार्यालय विरगंज पठाएको प्रहरीले जानकारी दिएको छ ।