काठमाडौं, ५ माघ । पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था थियोे। गत शनिबारको मन्त्रिपरिषद् बैठकले सुविधासम्बन्धी सबै तजबिजी मन्त्रालयलाई सुम्पिदियो। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले विस्तृतमा प्रकाशित गरेको छ ।
मन्त्रीहरुले यसअघि तलब, सुविधा प्रधानमन्त्री कार्यालयबाट लिँदै आएका थिए। प्रधानमन्त्री कार्यालयबाट तलबभत्तालगायत सुविधा दिँदा पनि मन्त्रीहरुले दोहोरो सुविधा लिने गरेका थिए। यसले राज्यकोषमा थप व्ययभार परेको भन्दै सम्बन्धित मन्त्रालयबाटै लिने व्यवस्था गरिएको हो।
तर सम्बन्धित मन्त्रालयबाट तलबसुविधा लिँदा झन् मनपरी हुने देखिएको छ। मन्त्रीले आफ्नो सेवासुविधाबारे आफै निर्णय गर्न पाउने छन्, जसले गर्दा मन्त्रीले आफूअनुकुलको निर्णय गराउन सक्ने छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकबाट लिएका हौं ।