दुवईमा पनि नेपाली युवतीहरूको यौन पेशा !

दुवईमा पनि नेपाली युवतीहरूको यौन पेशा !

मुस्लिम राष्ट्र यूनाइटेड अबर इमिरेट्स (दुवई) पूँजीवादी विश्वको घेराबाट अलग छैन ।

खासगरी औधोगिक र पूर्वाधार विकासमा द्रुत गतिमा दौडेको यो देशमा पछिल्लो समय यौन पर्यटनको व्यवसाय पनि निकै फस्टाउन थालेको छ ।

नेपाल,चीन, रुस, भारत, बंगलादेश, उज्वेकिस्तान, अर्मेनिया, नाइजेरिया, इथोपीया, सोमालिया, इराक, फिलिपिन्स, पाकिस्तानलगायत देशबाट यहाँ यौन व्यवसायकै लागि युवतिहरु आउने क्रम बढेको छ ।

डान्सबार, क्लव तथा व्यावसायीहरुसँग सम्बन्ध हुने विभिन्न व्यक्ति वा समुहको सहायताबाट ती महिलाहरु दुबई पुग्छन् ।

कतिपय घरेलु कामदारको रुपमा आउने युवतिहरु पनि यौन व्यवसायमा संलग्न हुने गरेका छन् । व्यवसायीहरुका अनुसार यस्तो पेसामा सहजै प्रशस्त पैसा कमाउन सकिने भएकाले पनि युवतिहरु स्वेच्छाले आकर्षित भएका हुन् ।

साइबेरीयन महिला सास्योर भन्छिन्, ‘पैसा कमाउनका लागि यो सहज माध्यम पनि हो ।’ सास्योर ग्राहकसँग यौन सम्पर्क गरेवापत प्रति घण्टा ५ सय दिराम लिने गर्छिन् । तर, रातको समयमा सोही काम बापत १ हजार दिराम उनको रेट हो ।