कहाँ कहाँ रोकिँदैछ असन क्षेत्रमा चार पांग्रे सवारी (हेर्नुहोस् रुट)

कहाँ कहाँ रोकिँदैछ असन क्षेत्रमा चार पांग्रे सवारी (हेर्नुहोस् रुट)


काठमाडौं । काठमाडौं महानगरपालिकाले अब असन क्षेत्रमा पनि चार पांग्रो सवारी प्रवेशमा रोक लगाएको छ । महानगरपालिकाले दिएको जानकारी अनुसार भोटाहिटीबाट असन चोकसम्म चार पांंग्रे सवारीलाई दुबै तर्फ आवत जावतको लागि रोक लगाईएकोछ । त्यस्तै, नरदेवीबाट भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्रै पाउने तर सोही बाटो फर्किन नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, टेंगलबाट बांगेमुढा हुँदै भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघः ल र बांगेमुढा भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, ईन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेँडासिंह, ज्याठाबाट त्यौडा, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन र ईन्द्रचोकबाट बटुसम्मको बाटोमा चारपांग्रे सवारी प्रवेशलाई रोक लगाउने तयारी गरिएको छ ।