

२०७५ माघ ०४ गते शुक्रबार तदनुसार ई. सं. २०१९ जनवरी १८ तारिख, आजको चाडपर्व र उत्सव : शुक्र प्रदोष व्रत, मुस्याडुली, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), पसल थाप्ने, शिलान्यास (सामान्य), गृहप्रवेश, डेरा सर्ने, पुराणश्रवण, कलशचक्र, पौष शुक्लपक्षको द्वादशी तिथि, साँझ ०५:११ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, रोहिणी नक्षत्र, बिहान ०९:३१ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, आजको चन्द्रमा बृष राशिमा, बेलुका ०९:०४ बजेसम्म, त्यसपछि मिथुन राशिमा, ब्रह्म योग, बेलुका ०८:०७ बजेसम्म, त्यसपछि ऐन्द्र योग, सुरुमा बालब करण साँझ ०५:११ बजेसम्म, त्यसपछि कौलव करण मध्यरात्रीपछि ०४:२५ बजेसम्म, अन्तिममा तैतिल करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:३१ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य लाभ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । प्रशंसकहरू बढ्ेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आटेका काम बन्नेछन् , आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन आकर्षित हुनेछ । मन त्यसैत्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गरिने छ । घरपरिवारमा राम्रो छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । आत्म–विश्वास बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक अस्थिरता रहनेछ, मनमा चपलताका साथै स्वास्थ्यमा पनि केही असहजता रहनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा छैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ । मिहिनेत गर्नुपर्छ, जे गरे पनि सफलता आर्जन हुने दिन छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ वा धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउने छ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्छन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनमा प्रशन्नता रहनेछ, कार्य उन्नतिका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक/सामाजिक क्षेत्रमा समय दिन सकिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै आर्थिक अस्थिरता रहने देखिन्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ । परदेश वा विदेशमा रहेका आफन्तजनसँग भेटघाट वा कुराकानी हुनसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्ने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभ, मित्र सुखका साथै भौतिक वस्तु लाभदायी रहनेछन् । सरकारी जागिरेले धनार्जन गर्ने वा प्रशंसा पाउने समय त आएको छ, तर कामको चाप बढ्ने र फुर्सत नहुने लक्षण छ । बन्दव्यापारमा राम्रै प्रतिफल मिल्नेछ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मित्र लाभ, कीर्ति वृद्धिका साथै मनमा उत्साह छाउनेछ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । मानसम्मान र प्रतिष्ठाको प्राप्ति हुनसक्छ । आजको विनियोजन र लगानीले उत्तरोत्तर फाइदा हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कार्य लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । माया/प्रेमको वातावरण बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै व्ययमा वृद्धि हुने देखिन्छ । प्रेमसम्बन्ध र दाम्पत्यसुखको राम्रो योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ । आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । परदेशमा बसी रोजगारी र व्यवसाय गर्नेहरूले मनोरञ्जनका क्षेत्रमा खर्च गर्ने सम्भावना छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पराक्रम बढ्नेछ, व्यवसायमा वृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्ने देखिन्छ । साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ । भाइबहिनीले पनि सन्तुष्ट तुल्याउने छन् । भोजभतेर र खानपिन जस्ता सामाजिक कार्यमा सहभागी बन्नु पर्नेछ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ ।