

२०७५ माघ ०२ गते बुधबार तदनुसार ई. सं. २०१९ जनवरी १६ तारिख, आजको चाडपर्व र उत्सव : राष्ट्रिय भूकम्प सुरक्षा दिवस, आजको मूहुर्त : अग्निवास(होमादि), कलशचक्र, पौष शुक्लपक्षको दशमी तिथि, बेलुका ०७:२१ बजेसम्म, त्यसपछि एकादशी तिथि, भरिणी नक्षत्र, बिहान १०:०८ बजेसम्म, त्यसपछि कृतिका नक्षत्र, आजको चन्द्रमा मेष राशिमा, साँझ ०४:०७ बजेसम्म, त्यसपछि बृष राशिमा, शुभ योग, मध्यरात्रीपछि १२:२७ बजेसम्म, त्यसपछि शुक्ल योग, सुरुमा तैतिल करण बिहान ०७:४१ बजेसम्म, त्यसपछि गर करण बेलुका ०७:२१ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५८ बजे र सूर्यास्त : साँझ ०५:२९ बजे
आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१४ देखि ०१:३३ सम्म, यमघण्ट : बिहान ०८:१७ देखि ०९:३६ सम्म, गुलिक काल : दिउँसो १०:५५ देखि १२:१४ सम्म, आजको वारवेला :–लाभ वारवेला : बिहान ०६:५८ देखि ०८:१७ सम्म, साँझ ०४:१० देखि ०७:१० सम्म र मध्यरात्रीपछि ०५:१७ देखि ०६:५८ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:३३ देखि ०२:५२ सम्म र बेलुका ०७:१० देखि ०८:५२ सम्म, शुभ वारवेला : दिउँसो १०:५५ देखि १२:१४ सम्म र बेलुका ०८:५२ देखि १०:३३ सम्म, अमृत वारवेला : बिहान ०८:१७ देखि ०९:३६ सम्म र बेलुका १०:३३ देखि १२:१४ सम्म, चर वारवेला : दिउँसो ०२:५२ देखि ०४:१० सम्म र मध्यरात्रीपछि १२:१४ देखि ०१:५५ सम्म, रोग वारवेला : दिउँसो १२:१४ देखि ०१:३३ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३६ सम्म, काल वारवेला : बिहान ०९:३६ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३६ देखि ०५:१७ सम्म
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यमा उन्नति हुनेछ, धन लाभका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्यमा अस्थ्रिता रहनेछ, शत्रु भयका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मित्र सहयोग मिल्नेछ, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक उन्नतिको योग देखिन्छ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पराक्रम बढ्नेछ, भौतिक वस्तु लाभदायी रहनुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मित्र सुख मिल्नेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक उन्नतिका योग देखिन्छन्, मित्र लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्यमा सफलता मिल्नेछ, आय बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आर्थिक अस्थिरता रहनेछ, कार्यमा अवरोधका साथै मनमा चपलता आउने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।