पत्रकारिता पेसा सम्मान कि अपमान ?

पत्रकारिता पेसा सम्मान कि अपमान ?

-भिम लामा-

कुनै जमाना थियो म एस.एल.सि. सकेपछि उच्च शिक्षा हासिल गर्न राजधानी प्रवेश गरेँ । त्यही राजधानी अनि रमझम, अस्तव्यस्त अव्यवस्थित शहर र फरक–फरक सोचका मानिसहरुको संगम स्थलमा मेरो सामेल हुन पुगियो । उच्च शिक्षाकै क्रममा११÷१२ कक्षा मानवीकी संकाय अर्थात पत्रकारिता विषयको रोजाई बन्न पुग्यो ।

त्यही रोजाईले नै मलाई समाजका अनेक विकृति विसंगती र अनिमियतताको बारेमा चासो लिने विद्यार्थीको रुपमा स्थापित गरायो । हो त्यही विद्यार्थी हरेक संघर्षसंगै जुध्दै काठमाडौंको नालीबेली बुझ्ने क्रममा कयौं अवरोध र धम्कीका भाषाहरुलाई सामाना गर्दै अघि बढे । स्नातक तहको अध्ययनसंगै समाज परिवर्तनका लागि मनमा एक खालको अभियन्ता बन्ने सोँच पलायो । यता पत्रकारिताको विद्यार्थी उता सामाजिक क्षेत्रमा क्रियशिल रहदै आफ्नो जिम्मेवारी पूरा गर्दै थिएँ । सामाजिक रुपान्तरणका हरेक क्रियकलापसंगै समाज र सरकारका विभिन्न निकायसंग नजिक बन्न पुगे । अनि सुरु भयो मनभित्र घुम्सिएका अनेक प्रकारका प्रश्नहरु ।

तिनै प्रश्नले फेरी एक मन पत्रकारितातर्फ डो¥यायो । पत्रकारितालाई साथमा लान एउटा टिम खडा भयो त्यही टिमले भोग निन्द्र नभनी आफ्नो पेशा र मर्यादालाई अंगल्दै अघि बढे । त्यस्कै निरन्तरता अझसम्म चलिरहेको छ । मैले पढेको पत्रकारिता र वर्तमान नेपालमा भएको पत्रकारितामा पनि धेरै भिन्नता पाएँ । पत्रकारिताकै परिभाषालाई समेत अनिर्णयको बन्दि बनाएर आफ्नै शैलीमा परिभाषित गर्दै समाजमा पत्रकारिता र पत्रकारको परिचयलाई फरक–फरक ढंगले प्रस्तुत गर्दै आईरहेको पनि पाएँ ।

हरेक नागरिकलाई सहि सूचना पाउँने अधिकार नेपालको संविधानले नै सुनिश्चित गराइएको छ । सूचना विकाससंग जोडिन्छ, सूचना हरेक नागरिकको समस्या अनि र आवाजसंग जोडिन्छ । सूचना सरकार र नागरिकवीचको पुलको काम गर्ने माध्यम पनि हो । त्यही माध्यमलाईमा सचेत, संवेदनशील र अनुशासनमा रहेर गरिने पेशा हो पत्रकारिता । पत्रकारिताले जात, धर्म, राजनीति र कुनै खास व्यक्तिको बारेमा मात्र समाचार वा कुनै सञ्चार गरिरहेको हुदैन् ।

यसमा सार्वजनिक व्यक्ति वा सार्वजनिक चासोको विषयमा केन्द्रित रहेर सूचना प्रवाह गर्ने कार्य गर्दछ । जसले गर्दा पत्रकारिताको भूमिका निकै महत्वपूर्ण रहेको छ । असल पत्रकारिता गर्ने व्यक्ति असल पत्रकार हुन् । पत्रकारको नाममा कोही कसैलाई डर, दम्की र कुनै आर्थिक पक्षसंग नजिक भएर कार्य गरिने हो भने त्यो एउटा व्यापारी मात्र भन्ने बुझिन्छ ।

नेपालमा पछिल्लो समयमा देखिएको पत्रकारिता सञ्चारगृहको निर्देशनमा चलिरहेको छ । सञ्चारगृह व्यक्ति वा कुनै समूह हुन् । व्यक्तिभन्दा माथी रहेर पत्रकारिता पेशालाई हेर्न नसक्दा देशमा नकारात्मक दृष्ट्रिकोणले विचार तथा सामाजिक द्वन्द्वासिर्जना भईरहेको छ । फरक सञ्चारगृह फरक विचार समूहकै कारण नेपाली सञ्चार जगतमा पत्रकारिता पेसाप्रति धेरै प्रश्न चिन्ह खडा भईरहेको छ ।

सञ्चारगृहका मालिक पनि अन्य व्यवसाय जस्तै व्यापारिक दृष्ट्रिकोण एक कदम अगाडी हुने गर्दछ । सञ्चारनीति अनुसार नै हेर्ने हो भने पनि सञ्चारगृह अन्य व्यवसाय भन्दा फरक र बढि सेवामुखी हुनुपर्ने देखिन्छ । तथापी सञ्चारगृहहरु सेवामूखिभन्दा व्यापारमुखी नै ताल्लिन छन् । कारण पनि छ पत्रकार पाल्ने । तर पत्रकार पाल्ने भन्दैमा राष्ट्रिय स्वाधिनता र सञ्चार जगतकै धज्जी उठाउँने कार्य त गर्न भएन नी । सञ्चारगृहले आफ्नो स्वार्थ पूर्ति गर्न पत्रकारलाई त्यही अनुसारको निर्देशन दिईन्छ र सूचनासंग सम्बन्धित भन्दा आर्थिक र राजनीतिक चासो दिने सवालको पक्षमा समाचार तथा सूचना सम्प्रेशन गरिएको पाईन्छ ।

राज्यले सञ्चार नीतिलाई सही तरिकाले परिमार्जन गर्न नसक्नु पनि यसको गतिलो उदहारण हो । सञ्चारकर्मी र सञ्चारगृहको काम, कर्तव्य र परिभाषालाई एकै ठाउँ राखेर बस्ने हो भने नेपालमा पत्रकारिताले कहिले पनि न्याय पाउने छैन ।

जब ममाथी पत्रकारिताको क्षेत्रलाई वृहत र सबैको आवाजलाई उजगार गर्ने पेसाको रुपमा रहन्छ भन्ने बुझाई भयो त्यस बेलादेखि पत्रकारितालाई पनि आफ्नो पेसाको रुपमा धेरै दुःख कष्ट झेल्दै कसैको डर, धम्की र प्रलोभनमा नपरी आचारसंहिताको पूर्ण रुपमा अक्षराशः निर्वाह गर्दै आएँ । आफ्नो पेसाप्रति ईमन्दारीता देखाउने र जिम्मेवारी पूरा गराउनु ठूलो धर्म र कर्तव्य हो भन्ने मनमा राखेर कार्य सम्पादन गर्दै जाँदा समाजमा पत्रकारिताको परिभाषा गर्ने र गराउनेहरु देख्दा दुःख लागेर आउँछ । पत्रकारीता पेसालाई आफुले स्वच्छ र सम्मानित पेसाको रुपमा वाख्या गर्न खोजिए पनि समाजका अर्का थरीका पत्रकारिता गर्ने जमतले दिइएको भ्रम र परीभाषाले आफैँ लज्जित र अपमानित महसुस भएको छ ।

समाजमा सार्वजनिक चासोका विषयमा भएको वा देखिएको कुनै अनिमियततामाथी भण्डाफोर गर्नु हरेक पत्रकारको दायित्व हो । हामी सत्य, तथ्य र निष्पक्ष रुपमा खोज, अनुसन्धान र पारदर्शी सूचना प्रवाह गर्न अनेक प्रकारका विधि अपनाउँछौं । त्यही विधि गोप्य रहन्छ र राख्न पाउने अधिकार छ । तर सूचना खोज्ने क्रममा कोही व्यक्ति वा राजनीतिक समूहको प्रभाव परी सत्यतालाई बङ्ग्याउने र गलतलाई सहि र सहिलाई गलत बनाउने मानशायले सूचना सम्प्रेसन गर्ने सहकर्मीहरुले अर्को सहकर्मीको मान प्रतिष्ठमाथी प्रश्न चिन्ह बनाईरहेको पाईन्छ ।

समाचारको प्रभाव देखाउन गुण्डा, प्रहरी, कानुन व्यवसायी र मन्त्रीहरु आफ्नै बाउँको सन्तान जतिकै भएको सुनाउँदै अपराधी र अनिमियतता गर्ने व्यक्तिलाई बचाउँ गर्न ठूलै रकमको चलखेल तथा बर्गिनिङ गरेका केही उदहारण पछिल्लो घटनाक्रमले बताएको छ । जस्ले गर्दा असल व्यवस्थापन भएको सञ्चारगृह र सञ्चारकर्मीलाई समाजमा पाउनुपर्ने सम्मानबाट बञ्चित बनेको छ ।

त्यसैले भन्दै आएको छु पत्रकार कसैको खास मान्छे होईन र हुनुपनि हुदैन । खास मान्छे त्यसको हुन्छ त्यो व्यक्तिगत प्रयोजनका लागि सहयोगीको रुपमा मात्र रहन्छ त्यसले व्यक्तिको मात्र गुणगान गाउने हो समाजको हितको लागि पत्रकारिता गरिने होईन । सच्चा इमन्दार पत्रकारले सधै सम्मान पाउँछ र जनताको साथ पाईरहन्छ । कसैको डर, धम्की, प्रलोभन आयो भन्दैमा अत्तिनुपर्ने अवस्था छैन । पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनु आवश्यक छ ।इमन्दार पत्रकार सधै सम्मानित पत्र नै बनिरहन्छ ।