

एजेन्सी । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा आज नेपालले युएईलाई ६ विकेटले हराएको हो ।
नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । आज पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो । नेपालका सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाए । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाए । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि थाइल्याण्डसँग खेल्नेछ ।