माघे सक्रान्तिमा सार्वजनिक विदा

माघे सक्रान्तिमा सार्वजनिक विदा

तेह्रथुम, ३० पुस । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाले भोलि सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले माघे सक्रान्ति पर्वको अवसरमा भोलि माघ १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाका विभिन्न स्थानमा माघेनी मेला लाग्ने भएकाले एक दिनका लागि सार्वजनीक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सीनाले जानकारी दिनुभयो ।

गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुङ्गा खोला किनारमा रहेको गौखुरी धाममा माघे सक्रान्तिका दिन विशेष पुजा पाठ गरी मेला लाग्ने गरेको छ । माघे सक्रान्तिमा खोरुंगा खोलामा मकर नुहाएर गोउखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन गरीने कार्यक्रम भव्य रुपमा बर्षेनी हुने गरेको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीले बताउनुभयो ।