‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’

‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजियो’

काठमाडौँ, ३० पुस । नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरि सरकारले दुई अस्पतालको विघटन प्रक्रिया अगाडि बढाएर कांग्रेसको अस्तित्वमाथि प्रहार गर्न खोजेको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले सरकारले आफ्नो निर्णय तत्काल नसच्याएर कांग्रेसले कठोर कदम चाल्न बाध्य हुनेपछि स्पष्ट पार्नुभयो ।

‘दुई अस्पताल तनहुँको दुलेगौडामा गिरिजाप्रसाद श्वासप्रस्वास अस्पताल गण्डकी प्रदेशकै ठुलो अस्पताल हो । ७०० रोपनी जग्गा व्यवस्थापन भइसकेको छ । सानो अस्पताल सञ्चालनमा छ । राम्रैसँग ठुलो अस्पतला बनाउन चाहन्छौ । बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल बनाउने भएको छ ।’ सिंहदरबास्थित कांग्रेसको संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पौडेलले भन्नभुयो, ‘तर दुबै अस्पताललाई विघटनको प्रक्रियामा लगेको छ । यो विघटनमा लाने तयारीलाई हामीले अत्यन्तै गम्भीर रुपमा लिएका छौ । प्रतिपक्षीलाई मुठभेडमा लैजान खोजे हामी पनि कठोर कदम चाल्छौ ।’

नयाँ सरकार आएपछि आफूले प्रम ओलीसँग भेटेर यी अस्पताललाई बजेट दिन माग गरेको स्मरण गर्दै पौडेलले अहिले गुमराहमा पार्न खोजेको आरोप लगाउनुभयो । हालै मन्त्रिपरिषदले ९ अस्पताललाई संघ मताहत ल्याउने सरकारको निर्णय गरेको थियो । ११ अस्पताललाई संघको मताहत ल्याउने तयारी गरे पनि सरकारले दुई अस्पताललाई बाहेक गरेर ९ अस्पतालमात्र ल्याएकोमा पौडेलले विरोध जनाउँदै यसबारे बुझ्न प्रधानमन्त्री ओलीसँग भेट्ने प्रयासमा रहेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो–‘११ वटा अस्पताललाई केन्द्र सरकारमा राख्ने भनेर निर्णय गरेको थियो । पछि यी दुबै अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट पठाए पनि यी दुईलाई बाहेकलाई केन्द्र सरकार मताहतमा राखियो र यी दुबैलाई विघटनको प्रक्रियामा लग्यो। आज हामीले भेट्न खोजेको भोलिलाई मात्र समय दियो ।’ श्वा

सप्रश्वासको समस्याबाट पूर्वप्रधानमन्त्री गिरिजाको र क्यान्सर रोगबाट सुशीलको मृत्यु भएको थियो । कांग्रेसले दिवंगत दुवै नेतालाई भएको रोगकै नामबाट अस्पताल सञ्चालन गर्ने निर्णय गरेको थियो । दिवंगत दुई नेताका नाममा बनेका अस्पताल बन्द गरिए सडक र सदनमा उत्रने पौडेलले चेतावनी दिनुभयो । स्वास्थ्य मन्त्रालय विघटनको प्रक्रियामा लागेको जनाउँदै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले आपत्ति जनाउनुभयो । बडुले भन्नुभयो–‘स्वास्थ्यमन्त्रीले नै यी दुई अस्पताल बचाउन नसकेको जानकारी दिनुभयो ।’

सरकारले केन्द्र सरकार मताहतमा ल्याएका अस्पताल :

क) कान्ति बाल अस्पताल विकास समिति (गठन) आदेश, २०४० बमोजिम गठित कान्ति बाल अस्पताल काठमाडौं

ख) परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल विकास समिति (गठन) आदेश, २०४६ बमोजिम गठित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, काठमाडौं
ग) शुक्रराज ट्रपिकल तथा सरूवा रोग विकास समिति (गठन) आदेश, २०४९ बमोजिम गठित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, काठमाडौं
घ) सिंहदरबार बैद्यखाना विकास समिति (गठन) आदेश, २०५१ बमोजिम गठित सिंहदरबार बैद्यखाना, काठमाडौं
ङ) किटजन्य रोग अनुसन्धान तथा तालिम विकास समिति (गठन) आदेश, २०५६ बमोजिम गठित किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, काठमाडौं
च) मानसिक अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित मानसिक अस्पताल, ललितपुर
छ) नरदेवी आयुर्वेद अस्पताल विकास समिति (गठन) आदेश, २०५९ बमोजिम गठित नरदेवि आयुर्वेद अस्पताल, काठमाडौं
ज) मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ बमोजिम गठित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर र
झ) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समिति (गठन) आदेश, २०६९ बमोजिम गठित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुर, काठमाडौं